युरो किड्सका केटाकेटी रक्तसञ्चार केन्द्रको भ्रमणमा

भक्तपुर, ८ असार । रगत कसरी बन्छ, हाम्रो शरीरमा रगतको महत्व के छ, रगत आवश्यक पर्दा कसरी शरीरमा हालिन्छ र रगत कसरी दान गरिन्छ ? यस्तै यस्तै कुराहरु सिकाउन भक्तपुर युरो किड्स सल्लाघारीका साना केटाकेटीलाई भक्तपुर दुधपाटीस्थित रक्तसञ्चार केन्द्र (ब्लड बैंक) को अवलोकन भ्रमण गराइएको छ ।

विद्यालयकी शैक्षिक संयोजक सुमिता श्रेष्ठको नेतृत्वमा युरो किड्सका १,२ र ३ कक्षाका विद्यार्थी रक्तसञ्चार केन्द्रको अवलोकन भ्रमणमा गएका थिए । उनीहरुका साथमा शिक्षिकाहरु रविना कर्ण, पुजा थापा, सजिना तामांग र सञ्जिता पोखरेल पनि थिए ।

उनीहरुलाई भक्तपुर रक्तसञ्चार केन्द्रका कर्मचारी तथा प्राविधिकहरुले शरीरमा महत्वपूर्ण भूमिका निभाउने रगतको विविध पक्षबारे जानकारी गराएका थिए ।

शिक्षिका कर्माचार्य पुरस्कृत

यसैबीच सो विद्यालयकी युरो सिनियरतर्फकी शिक्षिका श्रीदेवी कर्माचार्यलाई गत मे महिनासम्मको समग्र कामको मुल्यांकन गर्दै ‘पफर्मेन्स अफ द मन्थ’ को पुरस्कार प्रदान गरिएको छ । भक्तपुर युरो किड्स प्रालिका सञ्चालक अध्यक्ष सुनेत्र प्रधानाङ्गले आफ्नो काम अत्यन्तै जिम्मेवारीपूर्वक निभाएको भन्दै शिक्षिका कर्माचार्यलाई सो पुरस्कार प्रदान गरे ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज शैक्षिक संस्था युरो किड्स इन्टरनेशनलबाट गत मंसीरमा उदाउँदो केन्द्र (एमरजिंग सेन्टर) को रुपमा भक्तपुर युरो किड्स सल्लाघारी पुरस्कृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मेची-महाकाली पदयात्रा गर्ने भएका छन् । छठ पर्वको भोलिपल्ट

काठमाडाैँ, ४ असोज । नेपालका नागरिक समाज, ट्रेड युनियन तथा जलवायु अभियन्ताहरूले जलवायुजन्य विपत्तिबाट भएको क्षतिको क्षतिपूर्ति, ऋण नथपिने गरी जलवायु