ब्राजिल समूह विजेता : क्वाटरफाइनलमा स्थान पक्का

काठमाडौँ, ८ असार । कोपा अमेरिका २०१९ अन्तर्गत घरेलु टोली ब्राजिलले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

शनिबार भएको समूह चरणको अन्तिम खेलमा पेरुलाई ५-० को फराकिलो अन्तरले हराउँदै ब्राजिल समूह विजेता बनेको हो । योसँगै ३ खेलमा ७ अंक जोढेर ब्राजिल शीर्षस्थानसँगै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबारै बोलिभियालाई ३(१ ले पराजित गरेको भेनेजुएला ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको छ । तेस्रो स्थानको पेरु भने ३ खेलमा ४ अंक छ र उत्कृष्ट तेस्रो स्थानमा रहँदै अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ । बोलिभिया अंकविहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको