स्वीकृति नलिई वित्तीय कारोबार गर्नेलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौँ, ७ असार । पछिल्लो समय स्वीकृति नलिएरै वित्तीय कारोबार गर्ने क्रम बढिरहेका बेला नेपाल राष्ट्र बैंकले कारबाहीको चेतावनी दिएको छ।

बैंकले विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यममा क्यासिनो, होटल, रिसोर्ट, अस्पताल, विद्यालय र कलेज आदिको नाममा न्यूनतम् दरमा ऋण उपलब्ध गराउने भन्दै प्रकाशित विज्ञापनप्रति गम्भीर ध्यानाकर्ष भएको जनाएको छ। र, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम स्वीकृति नलिई कुनै पनि बैंकिङ तथा वित्तीय कारोबार नगर्न/नगराउन भनेको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ बमोजिम निक्षेप लिन वा कर्जा दिन बैंकको स्वीकृति लिनुपर्नेछ । बैंक वा वित्तीय संस्थाले बाहेक अन्य कसैले पनि बैंकिङ तथा वित्तीय कारोबार गर्न नपाउने कानूनी व्यवस्था छ । उक्त व्यवस्था विपरीत कसैले त्यस्तो कार्य गरे÷गराए प्रचतिल कानून बमोजिम कारवाही हुने बैंकले जनाएको छ । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २० कार्तिक । डिजिटल बैंक ‘यूएनो’को पतन र लाखौँ ग्राहकको खातामा पहुँच अवरुद्ध भएपछि उत्पन्न राजनीतिक तथा आर्थिक संकटबीच पाराग्वेका

एजेन्सी, १९ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिडटर्म (मध्यावधि) चुनावमा रिपब्लिकन पार्टीले व्यहोरेको हारको जिम्मेवारीबाट पन्छिने प्रयास गरेका छन् ।

एजेन्सी, १९ कार्तिक । इरानले भारत, चीन, इराक र कतारका जहाजलाई होर्मुज जलमार्गमा लगाइएको पारवहन प्रतिबन्धबाट छुट दिएको छ । यी

एजेन्सी, १८ कार्तिक । रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको एउटा विद्यालय भवनमा कम्तीमा नौवटा शक्तिशाली बम खसाल्दा ३३ जनाको मृत्यु