सन्दीपसगै सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध

काठमाडौँ, ६ असार । क्यानाडाको आधिकारिक ग्लोबल टी-ट्वान्टी क्रिकेट लिगका लागि  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र सोमपाल कामी अनुबन्ध भएका छन् ।

राष्ट्रिय टोलीका सदस्य सन्दीपलाई टोरन्टो नेसनल्सले १०औँ चरणमा ६० हजार अमेरिकी डलर खर्चेर खरीद गरेको हो । विदेशी फ्रेन्चाइज लिग खेल्ने दोस्रो नेपाली क्रिकेटर बनेका सोमपाल विनिपेग हक्समा अनुबन्ध भएका छन् । उनी पहिलो पटक ग्लोबल टी ट्वान्टी लिग खेल्न लागेका हुन् । ड्राफ्टमा तीन हजार अमेरिकी डलर न्यूतम रकम राखेका सोमपाललाई ११औँ चरणमा हक्सले सोही मूल्यमा अनुबन्ध गरेको हो ।

उक्त प्रतियोगिताका लागि नेपालबाट १२ खेलाडीले नाम दर्ता गराएकामा दुई खेलाडी मात्र छनोट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असाेज । सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक

काठमाडौँ, ७ असोज । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार नामथर नखुलेका अन्दाजी ५०

काठमाडौँ, ७ असोज । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागु हुने गरी अन्डा प्रतिक्रेट

काठमाडौँ, ७ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित सडकमा कर्णाली प्रदेश ०२–००३ प ३७०७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ