सन्दीपसगै सोमपाल ग्लोबल क्रिकेट लिगमा अनुबन्ध

काठमाडौँ, ६ असार । क्यानाडाको आधिकारिक ग्लोबल टी-ट्वान्टी क्रिकेट लिगका लागि  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र सोमपाल कामी अनुबन्ध भएका छन् ।

राष्ट्रिय टोलीका सदस्य सन्दीपलाई टोरन्टो नेसनल्सले १०औँ चरणमा ६० हजार अमेरिकी डलर खर्चेर खरीद गरेको हो । विदेशी फ्रेन्चाइज लिग खेल्ने दोस्रो नेपाली क्रिकेटर बनेका सोमपाल विनिपेग हक्समा अनुबन्ध भएका छन् । उनी पहिलो पटक ग्लोबल टी ट्वान्टी लिग खेल्न लागेका हुन् । ड्राफ्टमा तीन हजार अमेरिकी डलर न्यूतम रकम राखेका सोमपाललाई ११औँ चरणमा हक्सले सोही मूल्यमा अनुबन्ध गरेको हो ।

उक्त प्रतियोगिताका लागि नेपालबाट १२ खेलाडीले नाम दर्ता गराएकामा दुई खेलाडी मात्र छनोट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको