त्रिभुवन विश्वविद्यालयका कर्मचारी आफैले गरे आफ्नो बढुवा

काठमाडौँ, ६ असार । कर्मचारीले आफ्नो बढुवा आफैं गर्न सक्छन् र ? धेरैको उत्तर हुन्छ– सक्दैनन् । तर त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आफैंले आफ्नो बढुवा गर्न सक्छन् ।

पदमा बस्यो, नियम आफूअनुकूल बनायो अनि बढुवा भइहाल्यो। लामो समयदेखि त्रिवि यस्तै बेथितिको मारमा गुज्रिरहेको छ । त्रिविका तीन रजिस्ट्रार पदमै रहेका बेला सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा भएका छन् ।

सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा भएका रजिस्ट्रार डिल्ली उप्रेती पछिल्ला व्यक्ति हुन्। यसअघि चन्द्रमणि पौडेल र गीताभक्त जोशी आफू अनुकूल नियम परिवर्तन गरेर बढुवा भएका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको ६ भने तीन जना घाइते

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्