काठमाडौँ, ५ असार । आज बिहीबार सुनचाँदीको मूल्य बढेको रहेको छ ।
आज सुन तोलामा १ हजार रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





