काठमाडौँ, ५ असार । कोपा अमेरिकामा कोलम्बियाले कतारमाथि जित निकालेको छ ।
बिहीबार बिहान साओ पाउलोमा भएको खेलमा लगातार दुई जित निकालेपछि कोलम्बिया नकआउट चरण नजिक पुगेको छ ।
डुभान जापाटाको एकमात्र गोलले कोलम्बियालाई नकआउट चरण नजिक पुर्याएको हो । उनले खेलको ८६औं मिनेटमा गोल गरेका थिए । जितसँगै कोलम्बियाले समूह बीमा ६ अंक जोडेको छ । कतारको भने एक अंक मात्र छ ।





