काठमाडौँ, ४ असार । आज बुधबार नेप्से शुन्य दशमलव २० अंकले घटेर १ हजार २ सय ५८ दशमलव ४६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
नेप्सेमा १ सय ६९ कम्पनीको ९ लाख ८० हजार ९१९ कित्ता शेयर खरिदबिक्री भई ३० करोड ४१ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
कारोबार रकमा भने एनआईसी एशिया बैंकले अग्रता लिएको छ। जसको कारोबार २ करोड १७ लाख ५४ हजार रुपैयाँ बराबरको भएको छ ।
यस दिन सर्वा्िधक कमाउनेमा मल्टी प्रपोज फाइनान्स कम्पनी लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ६९ प्रतिशतले बढेको छ ।






