कोपा अमेरिका फुटबलमा उरुग्वे विजयी

 एजेन्सी, २ असार । अमेरिकाको प्रतिष्ठित कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गतको खेलमा उरुग्वे विजयी भएको छ ।

सोमबार ब्राजिलमा जारी भएको खेलमा उरुग्वेले इक्वेडरलाई ४–० गोल अन्तरले पराजित गरेको हो । उरुग्वेका तर्फबाट लुइस सुवारेज, एडिन्सन काभानी र निकोलास लोडेरोले एकएक गोल गरेका थिए । इक्वेडरका आर्टुरो मिनाले खेलको ७८औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

यो समूहका जापान र चिलीबीचको खेल नेपाली समय अनुसार मङ्गल बिहानीपख हुनेछ । कोपा अमेरिका फुटबल प्रतियोगिता यो सहित ब्राजिलमा पाँचौं पटक हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको