म फिल्ममा पूर्ण विश्वास गर्छु : अभिनेता सलमान

एजेन्सी, २ असार । बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’लाई समीक्षकले मिश्रित प्रतिक्रिया दिएका छन् ।

सलमानले हालै एक अन्तर्वार्तामा भनेका छन, ‘मेरो लागि मेरो सबै फिल्मको सफलता महत्त्वपूर्ण हुन्छ । ‘भारत’ एक यस्तो फिल्म हो, जसका लागि हामीले एकदमै मेहनत गरेका छौं । यो मेरो हरेक फिल्मसँग हुन्छ । म फिल्ममा पूर्ण विश्वास गर्छु ।’

५ जूनमा रिलिज भएको भारतले ओपनिङ डेमा रेकर्ड ब्रेकिङ कमाई गरेको थियो । पाँच दिनमा डेढ सय करोडको आँकडा पार गरेको फिल्मको कमाईमा अहिले लगातार गिरावट आएको छ ।

कोइमोइ डटकमका अनुसार, सलमानको ‘भारत’ ले प्रदर्शनको १० औं दिनमा मात्र ६ करोडको व्यापार गर्‍यो । फिल्मले हालसम्म भारतबाट कुल १९४ करोडको व्यापार गरेको छ । अली अब्बास जफरले निर्देशन गरेको फिल्ममा सलमान खान, अलावा कैटरीना कैफ, सुनील ग्रोवर, ज्याकी श्राफ, दिशा पाटनी, तब्बू र आसिफ शेखलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले

काठमाडौँ, १६ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २१ सय