बुटवल, २ असार । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आठ महिनाभित्रै बजेट खर्च गरिसक्ने बताएका छन ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले आवधिक योजना र नीति तथा कार्यक्रममा आधारित रहेर बजेट बनाइएको बताए ।
मुख्यमन्त्री पोखरेलले आइतबार प्रदेशसभामा ३६ अर्ब ४१ करोडको बजेट पेश गरेका थिए । विपक्षी नेपाली कांग्रेसले बजेट वितरणमुखी भएको आरोप लगाएको छ । चालु आर्थिक वर्षको वजेट ७० प्रतिशत खर्च भएको र संघको अनुदानबाट आएको मध्ये डेढ अर्ब वजेट बढी खर्च गर्न सफल भएको बताए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा वैठकमा ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । गत वर्ष २८ अर्ब ९ करोड रुपैयाँको वजेट थियो ।