प्रेमिकाद्वारा एसिड प्रहार

एजेन्सी, २ असार । भारतमा प्रेमीले बिहे गर्न नमानेको भन्दै प्रेमिकाले एसिड प्रहार गरेकी छन् ।

नयाँ दिल्लीस्थित विकासपुरीमा अघिल्लो साताको मंगलबार दिउँसो एसिड आक्रमण गरेकी १९ वर्षीया युवतीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

युवक मोटरसाइकल चलाइरहेका थिए र बाइकमा पछाडि तिनै युवती थिइन् । युवकले बिहे गर्न अस्वीकार गरेपछि रिसाएकी युवतीले एसिड आक्रमण गरेको स्वीकार गरेकी छन् ।

प्रहरीले सोधपुछ गर्दा युवतीले प्रेमीको अनुहार बिगारेर अरू कुनै केटीले उसलाई मन नपराऊन् भन्ने उद्देश्य लिएको बताइन् ।

त्यसपछि युवकले उनैलाई विवाह गर्लान् भन्ने युवतीको आशा थियो । अहिले उनी आफ्नो कामको पश्चात्ताप गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्