गण्डकी प्रदेशद्वारा ३२ अर्ब १३ करोडको बजेट प्रस्तुत

पोखरा, १ असार । गण्डकी प्रदेशले आउँदो आर्थिक वर्षका लागि ३२ अर्ब १३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

आइतवारको प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटको ३८ प्रतिशत अंश अर्थात १२ अर्ब २८ करोड चालु खर्चमा रहेको छ भने १९ अर्ब ८४ करोड रुपैयाँ पूँजीगत खर्चको लागि विनियोजन गरिएको छ ।

गण्डकी प्रदेश सरकारले अन्य अञ्चल तथा प्रदेशमा दर्ता भएको सवारी साधन अञ्चलीकरण गरी गण्डकी प्रदेशमा दर्ता गर्न ल्याएमा लाग्ने दर्ता शुल्कमा २५ प्रतिशत छुट दिने र भन्सार विन्दुबाट सीधै गण्डकी प्रदेशमा सवारी दर्ता गरेमा पनि २५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६ अर्ब ७३ करोड रुपैयाँको न्यून बजेट पेश गरेको छ । न्यून बजेट मध्ये ४ अर्ब ४० करोड चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च हुन नसकेर बाँकी रहेको रकमबाट बेहोर्ने योजना रहेको अर्थमन्त्री गुरुङले बताउनुभयो ।

त्यसैगरी रोडा, ढुंगा, बालुवा, चुनढुंगा, दहत्तर, बहत्तर लगायतका वस्तुमा लाग्ने शुल्कबाट उठेको रकममध्ये ४० प्रतिशत सम्बन्धित स्थानीय निकायलाई दिने नीति पनि ल्याएको छ ।

प्रदेश विकास प्राधिकरण गठन गर्ने, बिदा पर्यटनको अवधारणा अनुसारका कार्यक्रम सञ्चालन गर्ने, गण्डकी प्रदेश कर्मचारी व्यवस्थापन सूचना प्रणाली स्थापना गर्ने, प्रदेश अनुसन्धान ब्यूरो गठन गर्ने, हेलो मुख्यमन्त्री कार्यक्रमलाई स्थानीय तहसम्म विस्तार गर्ने, गोर्खाको लिगलिगकोटमा ऐतिहाँसिक संग्रहालय निर्माण गर्ने, प्रदेश खेलकुद एकेडेमी लगायतका कार्यक्रमसहितको बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

उदयपुर, १ माघ । नेपाल सरकारद्वारा संचालिन उदयपुर सिमेण्ट उद्योगका नवनियुक्त महाप्रवन्धक गोपीकृष्ण न्यौपानेले आज पदभार ग्रहण गर्नुभएको छ ।

काठमाडौँ, १ माघ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादका कारण कार्यकर्ताहरु अन्योलमा परेका छन् । पार्टी फुटको

काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट विकसित योग अहिले अन्तरराष्ट्रियकरण भएको बताएका छन् । राष्ट्रिय योग

गोरखा, १ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर गोरखामा आकस्मिक अवतरण भएको छ । बिहीबार पालुङटार नगरपालिका-२