काठमाडौँ, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने प्रमुख प्रतिपक्षी दल नेपाल तरुण दलका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।
आइतबार युरोप भ्रमण सकेर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु भएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल काठमाडौँका सचिव दिनेशविक्रम शाह र अर्का एक कार्यकर्ता रहेका छन् ।