४५ बर्षमा जितु नेपाल

काठमाडौँ, १ असार । हास्य कलाकार जितु नेपाल आजबाट ४५ बर्षमा प्रवेश गरेका छन् ।

विक्रम संवत २०३२ साल असार १ गते पिता शशिधर नेपाल र माता योगमाया नेपालको कोखबाट सिन्धुपाल्चोकमा जन्मिएका हुन् ।

कलाकार नेपालले टेलिभिजनमा ट्वाक्क टुक्क, सँगालो, मुक्ति, गीतान्जली हुँदै ‘जिरे खुर्सानीबाट’ दर्शकहरुको मन जित्दै उनले विभिन्न फिल्म हरुमा पनि काम गरिरहेका छन् ।

कलाकार नेपाल अहिले मुन्द्रको कमेडी क्लब नामक हास्यव्यंग्य कार्यक्रम सञ्चालन गर्दै आएका छन् । साथै उनी फिल्म ‘छ माया छपक्कै’को छायांकनमा व्यस्त छन् ।

फिल्ममा ‘छ माया छपक्कै’को कार्यकारी निर्माता समेत रहेका हास्य कलाकार जितु नेपाललाई हाम्रो तर्फबाट पनि जन्म दिनको लाखौलाख शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । अब साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यालयहरुलाई उनीहरुकै लागि विशेषरुपमा तयार पारिएको सेवाबाट लाभ

राजविराज, ५ माघ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित सकरदही टोलमा आगलागी हुँदा चारवटा घर जलेर नष्ट भएका छन् । कंकालिनी

झापा,५ माघ । झापाबाट ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक

काठमाडौँ, ५ माघ । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ