हामी सवैको एउटै रहर, ‘स्वच्छ, सफा र मनोरम पोखरा शहर’ : सांसद पहारी

पोखरा, १ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले आम नेपालीको एउटै रहर, ‘स्वच्छ, सफा र मनोरम पोखरा शहर’ भएको बताउनुभएको छ ।

फेवातालको संरक्षण तथा सम्बद्र्धनको विषयमा शनिवार भएको सांस्कृतिक तथा जनचेतना अभिवृद्धि कार्यक्रममा बोल्दै सांसद पहारीले पोखरा कास्की जिल्लाको मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र भएको बताउँदै देशको समृद्धि र आर्थिक, पर्यटकीय विकासको मेरुदण्ड भएको बताउनुभयो । उहाँले पोखराको लेकसाईडलाई ग्रीन एण्ड क्लिन बनाउनु पर्ने बताउँदै रत्न मन्दिरलाई पार्कको रुपमा घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उक्त मन्दिरलाई पार्कको रुपमा विकास गरी पोखरालाई पर्यटकीय विकास गर्दै पर्यटकलाई प्राकृतिक तथा वातावरणीय रुपमा रमणीय बनाउनुपर्नेमा जोड दिनुभयो ।

परिवर्तन हाम्रै पालमा सम्भव रहेको बताउँदै उहाँले हामीले नगरे कसले गर्ने र अहिले नगरे कहिले गर्ने ? भन्ने प्रश्न गर्दै विकास निर्माण तथा एउटा घर बनाउँदा कम्तीमा तीनवटा रुख रोप्ने प्रण गर्नुपर्ने बताउनुभयो । उहाँले विगत २०÷२५ वर्ष अघि फेवातालको पानी मिनरल वाटरभन्दा सफा रहेको तर हाल आएर हातमात्र डुवायो भने पनि लुतै लुतो आउने अवस्था आएको बताउँदै भन्नुभयो, ‘स्वच्छ सफा र हराभरा फेवाताल बनाउने जिम्मा वर्तमान समयको आवश्यकता साथै जिम्मेवारी रहेको, यदी बनाउन सकेनौं भने भावि पुस्ताले हामीलाई धिक्कार्ने छ ।’

उहाँले भन्नुभयो, ‘तराई लगायतका केही जिल्लाहरुमा गर्मीका कारण लु लागेर मृत्यु भएको सुन्ने गरेका छौं । तराईकै जिल्लाहरुमा जाडोका कारण कठ्याग्रिएर मृत्यु भएको पनि सुन्ने गरेको तर वर्तमान समयमा पोखरामा समेत ति तराईका जिल्लालाई विस्र्याउने गरी गर्मी हुन थालेको छ । यो वातावरण प्रदुषण तथा संरक्षण नगर्नु नै हो ।’

वातावरण परिवर्तन कै कारण अति गर्मी तथा अति जाडो हुने गरेको बताउँदै भन्नुभयो, ‘पोखरामा गर्मी छेल्नको निम्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिबाट आउने गरेको स्मरण गर्दै उहाँले ३० देखि ३३ डिग्रीसम्म तापक्रम बढेको, पंखा चलाउन नपाएमा नुहाए जस्तै खलखल्ती पसिना आउने गरेको छ ।’

धनि तथा विकसित मुलुकले विकासको नाममा औद्योगिक करण गर्ने काम गरेको, उद्योगधन्दाको दुषित हावाको प्रभाव वर्तमान समयमा नेपालमा प्रभाव परेको बताउँदै उहाँले वातावरणीय प्रदुषणकै कारण नेपालका हिमालहरु समेत कालो पहाड बन्दै गएको साथै पानीको मुहान सुक्दै गएको बताउनुभयो ।

अबको २÷४ वर्ष सम्म पनि फेवातालको संरक्षणमा विशेष ध्यान नदिए पुरिएर सेती नदीमा आइपुग्ने बताउँदै सांसद पहारीले भन्नुभयो, ‘हाम्रो विगतको पुस्ताले जोगाएर राखेको फेवाताल हिजो चङ्खपुरसम्म रहेको तर आज आएर दिन प्रतिदिन पुरिदै तथा प्रदुषित हुँदै प्रकृतिक रुपमा अतिक्रमित हुँदै गएको छ । यसलाई नियन्त्रण गर्नुपर्छ । आ–आफ्नो ठाउँबाट सवैले साथ र सहयोग गर्नुपर्छ ।’

नगरको फोहोर, पानी पर्दा बगेर आएको फोहोर समेत तालमा नै मिसिने गरेको दुःखेसो व्यक्त गर्दै उहाँले प्लास्टिक तथा फाहोरहरु जलाएकै कारण धुँवाले वायु प्रदुषण हुने बताउनुभयो । उहाँले वातावरण प्रदुषण तथा फोहोर गर्नेलाई कडा कानुनी कारवाही गर्नुपर्ने समेत बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका