बेबिलोनका विद्यार्थी सूर्यविनायकमा पुगेर धानको बीउ राखे…..

काठमाडौँ, ३२ जेठ । धान कसरी फल्छ, चामल कसरी बन्छ, चिउरा केबाट बन्छ ? कितावमा लेखेको कुरा मात्रै पढेका विद्यार्थीहरु शनिबार पहिलोचोटी धानको बीउ छर्न सूर्यविनायक मन्दीर छेउ खेतमा पुगे ।

ट्रयाक सुट र जुत्ता लगाएर पुगेका उनीहरु जुत्ता फुकालेर साधारण किसानझैं खेत खन्न कोदालो, कोदाली, माटोको डल्ला फुटाउन डल्लेठो (मुंग्रो) लिएर खेत खन्न उत्रिएका थिए ।

बेबिलोन नेशनल स्कुल शान्तिनगर, काठमाडौंको ७ कक्षाका ५३ जना स्काउट विद्यार्थी धानको वीउ छर्न सूर्यविनायकस्थित स्काउट गुरु शीवकुमार त्वायना र सीतालक्ष्मी देशेमरुको खेतमा पुगेका थिए ।

विद्यालयका कार्यक्रम संयोजक टिकाप्रसाद सुवेदीको नेतृत्वमा गएको उक्त टोलीमा अभिभावक संयोजक कमला केसी, माद्यमिक संयोजक दिपेश ठकुरी, स्काउट गुरु बलराम प्यासी, विषयगत शिक्षक नितेश यादव र गोविन्द तामाङ्ग र सूचना प्रविधि शिक्षक सरोज चौधरीका साथमा ७ कक्षाका सबै विद्यार्थी सहभागी थिए ।

त्यहाँ पुगेर उनीहरुले खेतमा झार उखेल्नुको साथै खेत खनेर ब्याड बनाई धानको वीउ राखेका थिए । यसका लागि उनीहरुलाई स्काउट गुरु शीवकुमार त्वायनाले सघाएका थिए ।

उनीहरुले शनिबार छरेको वीउ ठुलो भएपछि उनीहरु आफैं सो खेतमा गएर धान रोप्ने विद्यालयका कार्यक्रम संयोजक टिकाप्रसाद सुवेदीले बताए । धानको वीउ राखेपछि उनीहरुले खेतमै दही चिउरा र अचार खाएर रमाइलो गरेका थिए ।

व्यवसायीक शिक्षा अन्तर्गत हरेक वर्ष सात कक्षाका विद्यार्थीलाई खेतमै लगेर खेतीकिसानीबारे व्यवहारिक ज्ञान दिइने बेबिलोन नेशनल स्कुलका संस्थापक प्रिन्सिपल राजु राईले बताए ।

आफ्नो पसीना खर्चेर उव्जनी गरेको अन्नको विद्यार्थीलाई माया लाग्ने र उनीहरुले भविष्यमा अनावश्यक रुपमा खाना पनि नफ्याक्ने प्रिन्सिपल राईको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह