नकआउट चरणको खेल तालिका सार्वजनिक

काठमाडौँ, ३२ जेठ । शहीद स्मारक ’सी’ डिभिजन लिग छनोट प्रतियोगिता अन्तर्गत नकआउट चरणको खेल तालिका सार्वजनिक भएको छ ।

शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो । १२ टोलीलाई ३ समूहमा विभाजन गरेर खेल तालिका निकालिएको छ ।

आइतबारबाट सुरु हुने खेलमा एक समूहमा ४ टोली राखिएको छ । र, हरेक समूहको विजेता टिम ’सी’ डिभिजन लिगमा बढुवा हुनेछ । यस पटक ३ क्लब ’सी’ डिभिजनमा बढुवा हुनेछ ।

आइतबार हुने खेलमा समूह ’ए’ बाट सरस्वती नगर स्पोर्ट्स क्लब र इमाडोल युवा क्लब तथा झापा फुटबल क्लब र एक्टिभ फुटबल क्लबबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको