नकआउट चरणको खेल तालिका सार्वजनिक

काठमाडौँ, ३२ जेठ । शहीद स्मारक ’सी’ डिभिजन लिग छनोट प्रतियोगिता अन्तर्गत नकआउट चरणको खेल तालिका सार्वजनिक भएको छ ।

शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो । १२ टोलीलाई ३ समूहमा विभाजन गरेर खेल तालिका निकालिएको छ ।

आइतबारबाट सुरु हुने खेलमा एक समूहमा ४ टोली राखिएको छ । र, हरेक समूहको विजेता टिम ’सी’ डिभिजन लिगमा बढुवा हुनेछ । यस पटक ३ क्लब ’सी’ डिभिजनमा बढुवा हुनेछ ।

आइतबार हुने खेलमा समूह ’ए’ बाट सरस्वती नगर स्पोर्ट्स क्लब र इमाडोल युवा क्लब तथा झापा फुटबल क्लब र एक्टिभ फुटबल क्लबबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने