एजेन्सी, ३१ जेठ । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार हुने भनिएको खेल रद्द भएको छ
इंग्ल्यान्ड र वेल्समा जारी खेलमा निरन्तरको वर्षाले भारत र न्युजिल्यान्डबीचको खेल रद्ध भएको हो । खेल रद्द भएपछि दुवै टिमले अंक बाँडेका छन् । यो सँगै न्युजिल्यान्ड ४ खेलमा ३ मा जित सहित ७ अंक बटुल्दै शीर्ष स्थानमा कायम रहेको छ । भारत ३ खेलमा २ मा जितका साथ ५ अंक जोड्दै तेस्रो स्थानमा छ ।
भारतले आफ्नो चौथो खेल असार १ मा पाकिस्तानसँग खेल्ने छ । जारी विश्वकपमा वर्षाको कारण खेल रद्द भएको यो चौथो पटक हो ।





