… त्यसपछी तिनीहरुका कथित आन्दोलनले सिल-टिम्मुर खानेछ

एन पी दाहाल । भू-माफियाहरुले यहाँ पनि खेतालाहरु र भाडाका टट्टूहरु खटाएछन् ! केहि हप्ता अघि बालुवाटार र माइतिघर मण्डला तिर थरी मानिसहरु बडा ठूला भ्रष्टाचार बिरोधी भएको स्वाङ्ग गर्दै अहिलेको सरकारको खोईरो खन्दै थिए। ती मध्ये कहिले पिटाई खाए भन्ने सुनिएको थियो र त्यस्ताहरु केहि दिन अस्पतालमा भर्ना भएको नौटंकी गरेर आफुहरुलाई खुबै ठुलो “राष्ट्रीय बिभुती (National Hero)” नै हो कि भन्ने भ्रम छर्ने असफल र हास्यास्पद कोशिस गर्दै थिए ।

तिनीहरुको कथित भ्रष्टाचार विरोधी (वर्तमान सरकार विरोधी) आन्दोलनलाई जनताहरुले टेर-पुछर नगएपछी आजभोलि कतै कतै सामाजिक संजालमा र Yuo-tube Video मा सिमित हुन पुगेका छन् । ती सबै कथित भ्रष्टाचार विरोधीहरु अरु कोहि नभएर भू-माफियाहरुका खेतालाहरु र भाडाका टट्टूहरु नै हुन् । ती भू-माफियाहरु र उनीहरुका खेतालाहरु र भाडाका टट्टूहरुका उक्त भिडमा “कतै यही मौकामा चौका हान्न पाइञ्छ कि त !” भनेर पूर्वराजा ज्ञानेन्द्र शाहका भरौटेहरु पनि खुबै कम्मर कसेर र मरिमेटेर लागिरहेका थिए ।

जन-समर्थन बिनाको कथित आन्दोलन त्यत्तीकै तुहिएर गएकोछ । र उनीहरु अहिले फेसबुक र Yuo-tube Video मा सिमित हुन पुगेका छन् । आजभोली “हाम्रो धर्म र संस्कृती जोगाउने” नाममा फेरी अर्का थरीका माफियाहरु र केहि उही माथी उल्लेखित मनुवाहरु सरकारले गुठिका नाममा भएका लाखौँ बिघाहा जग्गा र मठ, मन्दिर तथा गुम्बाहरुका अन्य सम्पतीको अपचलन भएको ब्यापक गुनासाहरु आएपछी र प्रमाणहरु देखिए पछी त्यस्तो अपचलन (भ्रष्टाचार) रोक्ने र त्यस्ता गुठीहरुलाई ब्यबस्थित गर्ने पबित्र उद्देश्यले संसदमा प्रस्तुत विधेयकको विरोध गर्दैछन ।

काठमाडौँ उपत्यका लगायत देशभर रहेका त्यस्ता गुठीहरुका जग्गा लगायतका सम्पूर्ण सम्पतीहरु (मुर्तीहरु र गरगहनाहरु समेत)को अपचलन गर्नेहरु अरु कोहि नभएर मठ-मन्दीर, गुठीका र गुम्बाहरुका पुजारीहरु, महन्तहरु, गुरुहरु, गुठिहरुका जिम्मेवार संचालकहरु छन् । त्यो बाहेक त्यस्ता भ्रष्टाचारीहरुमा त्यहाँ काम गर्ने कर्मचारीहरु र विगतमा लामो समय देशमा शासन गर्ने नेपाली कांग्रेस र पूर्वपंचहरु पनि संग्लग्न रहँदै आएकाछन् ।

अहिले यी सबै रुप-रंगहरुका देशघातीहरु, “लौ न नि ! अब यो बामपन्थी सरकारले प्रस्तुत गरेको विधेयक पारित भएर कानुनहरु बने भने, आफुहरुले अहिलेसम्म गर्दै आएका त्यस्ता जग्गा अपचलनहरु, मुर्ती बेच्ने कामहरु, त्यहाँ रहेका गर-गहनाहरु चोरेर लैजान नपाउने स्थिती आउन लाग्यो, अब हाम्रो कमाउने बाटो बन्द हुने भयो” भनेर “हाम्रो धर्म र संस्कृती जगाउनु पर्छ” भन्ने को नाममा जनता माझ भ्रम छर्दै कथित आन्दोलन गर्दैछन् । यो आन्दोलन गर्ने अरु कोहि नभएर भू-माफियाहरु कै खेतालाहरु र भाडाका टट्टूहरु हुन् ।

भू-माफियाहरुले यहाँ पनि खेतालाहरु र भाडाका टट्टूहरु खटाएछन सरकार, यी माफियाहरु र सबै रुप-रंगहरुका भ्रष्टाचारीहरुका सामु एक ईञ्च पनि नझुक र उक्त प्रस्तुत विधेयकलाई संसदबाट पारित गराएर नै छाड र साथै, त्यो पारित विधेयक (कानुनहरु) कडाईका साथ लागु गराएर नै छाड ।

हो, केहि समयका लागि र केहि जनता माझ अहिले यी माफियाहरु र तिनीहरुका त्यस्ता खेतालाहरु तथा भाडाका टट्टूहरुले ठूलो भ्रम छरिरहेका छन् । तर, समयक्रममा त्यस्ता भ्रमहरुबाट नेपाली जनता बिस्तारै मुक्त हुनेछन । नेपाली जनता बडा विबेकशील छन् । त्यसपछी, त्यस्ता माफियाहरु र तिनीहरुका त्यस्ता खेतालाहरु तथा भाडाका टट्टूहरुका कथित आन्दोलनले पनि सिल-टिम्मुर खानेछ । हैन भने, तिनीहरु साँच्चिकै धर्म र संस्कृतीको संरछ्यण गर्न चाहन्थे भने, तिनीहरुका अहिलेको कथित आन्दोलन त्यस्ता भू-माफियाहरुका विरुद्ध पो ताकिनु पर्थ्यो, त्यसको ठिक उल्टो सरकारको बिरुद्ध नै किन ताकियो ?

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियानको पहिलो दिन झापामा २१ हजार ७४६ जनाले खोप लगाएका

काठमाडौँ, ६ असोज । लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार केशव देवकोटा र

काठमाडौँ, ६ असोज । भोजपुरमा गाईभैँसीमा देखिने खोरेत रोग उन्मूलनका लागि ‘खोप अभियान’ सञ्चालन हुने भएको छ । भेटेरिनरी अस्पताल

काठमाडौँ, ६ असोज । जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार