४४ वर्षदेखि ‘रोल नम्बर १३’ नलेखिएको विद्यालय, यस्ताे छ कारण

काठमाडौँ, ३१ जेठ । सुन्दा अचम्म लाग्न पनि सक्छ । तर गुल्मीको एउटा विद्यालयमा झण्डै ५ दशकदेखि एउटा रोल नम्बर १३ नराखी विद्यार्थीको हाजिरी गर्दै आइएको छ । जिल्ला सदरमुकाम तम्घासको महेन्द्र माध्यमिक विद्यालयको कक्षा ९ मा रोल नम्बर १३ नलेखेको अहिले ४४ वर्ष बढी पुगेको छ ।

विद्यालयको कक्षा ९ मा पढ्ने विद्यार्थीहरूले रोल नम्बर १३ सुनेका छैनन् । विद्यार्थीहरू मात्र होइन, शिक्षकहरू पनि रोल नम्बर १३ बाट निकै टाढा छन् । २०३२ सालदेखि उक्त विद्यालयमा रोल नम्बर १३ नलेखिँदै आएको हो । कक्षा ९ को रोल नं १३ सधैं खाली हुन्छ । सो कक्षामा रोल नम्बर १२ पछि एकैपटक १४ आउँछ ।

विद्यार्थी लगातार मृत्यु भएको भन्दै विद्यालयले कक्षा ९ मा रोल नम्बर १३ लेखिएको छैन । विद्यालयमा भर्ना भई कक्षा ९ मा अध्ययन गर्ने १३ रोल नम्बर भएका बालबालिकाको विभिन्न समयमा मृत्यु भएका कारणले विद्यालयले नै रोल नम्बर १३ लेख्न छोडेको भन्ने खबर आजकाे नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह