कराते टोली चेक रिपब्लिक प्रस्थान

काठमाडौँ, २९ जेठ । ४ सदस्यीय नेपाली कराते टोली सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा सहभागी हुन आज चेक रिपब्लिक प्रस्थान गरेको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरेका हुन ।

जुन १४ देखि १६ तारिखसम्म हुन प्रतियोगितामा पर्शुराम बाँस्तोला, सुशील पौडेल, रोहित बुढाथोकी र फिन्छोक दोर्जे लामा रहेका छन ।

पर्शुराम कराते वान सिरिज ए मोन्ट्रियलमा सहभागी हुन चेकबाटै क्यानाडा जाने छन् । उक्त प्रतियोगिता जुन २१ देखि २३ तारिखसम्म हुनेछ । क्यानाडाको प्रतियोगितामा सोनाम लामाले पनि प्रतिस्पर्धा गर्ने छन् । सोनाम नेपालबाट जुन १८ मा क्यानाडा जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको