फिल्म रिभ्यू होइन, मानहानीका कारण प्रनेश पक्राउ परे : निर्देशक चाम्स

काठमाडौँ, २९ जेठ । फिल्म निर्देशक मिलन चाम्सले प्रनेश गौतमविरुद्ध प्रहरी कहाँ गएको स्पष्टीकरण दिएका छन् ।

बुधबार फिल्म टिमले पत्रकार सम्मेलन गरेर फिल्म रिभ्यू गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी र गालीबेग्ज्यतीका कारण आफूहरु प्रहरीमा गएको बताएको छ ।

निर्देशक चाम्सले  भने, ‘मेरो उद्देश्य पाठ सिकाउने हो । यो मान्छेलाई लगेर थन्नैपर्छ भन्ने होइन ।’  मैले प्रनेश, उनका बाबु र आमासँग कुरा गरेर सोमबारसम्म छुटाउँछु पनि भनेको थिएँ । तर मिम नेपालका साथीहरु आएपछि रिभ्यू गर्न पाउनुपर्छ, वाक स्वतन्त्रता छ भनेर सिनियर कलाकारहरुको चित्त दुखाउनु भयो । त्यही भएर एकदुई दिन बसोस् भनेर छोड्यौं ।’

प्रनेशले गरेको चलचित्र समीक्षा 

प्रनेशले अहिले आफ्नो गल्ती स्वीकार गरेको भन्दै उनले छुटाउन पहल गरिरहेको बताए । प्रनेशले फिल्म विरविक्रम-२ को हस्यौली समिक्षा गरेका थिए ।  उनी अहिले प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न गृहमन्त्री

काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्वोधन कार्यक्रम तय भएको छ । विहान ११ बजेपछि संसद भवनमा

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे मन्त्रिपरिषद् बैठकमा छलफल गरेर न्यायोचित निर्णयमा पुग्ने बताएका छन ।

prachanda

काठमाडौँ, २ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको मार्गनिर्देशक सिद्धान्तमा धेरै बहस आवश्यक नरहेको बताएका छन । काठमाडौँमा