नेप्से ३ अंकले आरालो लाग्यो

काठमाडौँ, २९ जेठ । आज बुधबार नेप्से ३ दशमलव ५० अंकले घटेर १ हजार २ सय ७२ दशमलव ४८ को बिन्दुमा पुगेको छ ।

बुधबार १ सय ७४ कम्पनीको १८ लाख ७१ हजार ८०४ कित्ता शेयर खरिदबिक्री भई ५० करोड २६ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ५० अंकले घटेर २ सय ७२ दशलमव ३६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार ग्लोबल आईएमई बैंकको प्रमोटर शेयरको भएको छ । जसको कारोबार ७ करोड १२ लाख ६२ हजार रुपैयाँ बराबरको भएको छ ।

यस दिन सर्वा्िधक कमाउनेमा साल्ट ट्रेडिङ्ग कर्पोरेटको भएको छ । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ । साथै धेरै गुमाउनेमा नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ७ दशमलव ९ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ भदौ । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको दरखास्त आह्वान गरेको छ ।

काठमाडौँ, ६ भदौ । आज काठमाडौँ लगायत देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई

काठमाडौँ, ६ भदौ । वडाध्यक्षले अरूलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारको

काठमाडौँ, ६ भदौ । मुलुकका अधिकांश स्थानमा आज मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले