काठमाडौँ, २९ जेठ । आज बुधबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६२ हजार ३ सय रुपैयाँमै कारोबार भईरहेको छ भने तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६२ हजार रुपैयाँमै कारोबार भईरहेको छ ।
त्यस्तै, चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।