आवश्यकता र प्राथमिकताका आधारमा देशले ऋण लिन्छ : प्रधानमन्त्री​​​​​​​ ओली

काठमाडौ, २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र प्राथमिकताका आधारमा देशले वैदेशिक ऋण लिने बताएका छन् ।

 प्रधानमन्त्री ओलीले बीबीसी वर्ल्डका लागि म्याथ्यु आम्रलीवालासग अन्तर्वार्ता दिँदै ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको बताउदै आवश्यकता र प्राथमिकताका आधारमा देशले वैदेशिक ऋण लिने बातए ।

उनले भने, ‘हामी लगानीका लागि आमन्त्रण गर्छौँ । हामी आवश्यकता तथा प्राथमिकतानुसार ऋण स्वीकार गर्छौँ, जथाभावी स्वीकार गर्दैनौँ । हामी अरुको अनुभवका विषयमा कुरा गर्न चाहँदैनौँ । हाम्रो अनुभवमा हामी यसलाई व्यवस्थापन गर्न सक्छौँ र यसको हिसाबकिताब पनि गरेका छौँ ।’

प्रधानमन्त्री ओलीले वातावरण सन्तुलनका लागि नेपालले निकै योगदान दिएको बताउँदै उनले भने, ‘हामीले २५ लाख रुख काट्यौँ भने ५० लाख रुख रोप्न सक्छौँ । हामी नदीका लागि पनि काम गरिरहेका छौँ । हामीसँग ४५ प्रतिशत भूभागमा वन छ । नेपालको १७ प्रतिशत भूमि हिउँले ढाकेको छ, १३ प्रतिशत भूमि सबै मौसममा हिउँले ढाकेको हुन्छ । यसले पानी पुनःभण्डार र सञ्चयमा सहयोग गरिरहेको छ । यसले वायु र भूमिलाई चिसो पनि बनाइरहेको छ । हाम्रो वनले निकै योगदान दिइरहेको छ । वातावरणीय प्रश्नका लागि हामीसँग ६२ प्रतिशत भूमि छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । विप्लव समूहका महोत्तरी सेक्रेटरी भिमबहादुर आलेलाई प्रहरीले पक्राउ गरेको छ। भूमिगत भएर पार्टीको गतिविधिमा सक्रिय उनलाई

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् भने २२ जनाले सजाय

prachanda

काठमाडौँ, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका

हेटौडा, ३ असोज । प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल,