काठमाडौँ, २८ जेठ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) शुन्य दशमलव १७ अंकले बढेर १ हजार २ सय ७५ दशमलव ९९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज १ सय ७४ कम्पनीको १५ लाख ९ हजार ८८५ कित्ता शेयर खरिदबिक्री भई ४८ करोड ८ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ४० अंकले बढेर २ सय ७२ दशलमव ८६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको भएको छ । जसको कारोबार ४ करोड ३ लाख ७८ हजार रुपैयाँ बराबरको भएको छ ।





