काठमाडौँ, २७ जेठ । शेयर बाजरमा नेप्से परिसूचक सोमबार पनि घटेको छ ।
नेप्से ८ दशमलव ७८ अंकले घटेर १ हजार २ सय ७५ दशालव ८२ अंकमा बन्द भएको छ । कारोबार खुलेको केही समय बजार बढेपछि पछि विक्रीकर्ताको चाप बढेपछि नेप्सेमा दबाब आएको देखिन्छ ।
करोबार रकम पनि ६१ करोड रुपैयाँको मात्र भएको छ । बजेट सार्वजनिक हुनुअघि दिनहुँ १ अर्ब बढीको कारोबार हुन्थ्यो । एनआइसी एसिया र शिवम सिमेन्टको कारोबार सबैभन्दा बढी भएको छ । नेप्से दबाबमा रहेको अवस्थामा पनि वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले ७ दशालव ६१ प्रतिशतले कमाएका छन् । तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ७ दशालव ३३ प्रतिशतले गुमाएका छन् ।





