निकारागुआमाथि अर्जेन्टिनाकाे शानदार जित

एजेन्सी, २५ जेठ । कोपा अमेरिकाको तयारीमा रहेको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले निकारागुआमाथि शानदार जित निकालेको छ ।

नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले निकारागुआलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

कप्तान लिओनेल मेसी र लौतारो मार्टिनेजले समान २/२ गोल गरे भने रोबर्टो परेराले एक गोल गरे । खेल शुरू भएको ३७ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । जिओभानी लो सेल्सोको पासमा गोग गरेका थिए । त्यसको एक मिनेट नबित्दै मेसीले अर्को गोल थपे । लो सेल्सोको पासमा अगुएरोले गरेको प्रहार गोलरक्षकले बचाएपनि फर्केर आएको बलमा मेसीले गोल गरेका थिए ।

पहिलो हाफमा २ गोलको अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा ३ गोल थपे भने निकारागुआ एक गोल फर्कायो । दोस्रो हाफमा मैदान छिरेको मार्टिनेजले ६३ औं मिनेटमा गोल गर्दै ३-० को अग्रता बनाए । त्यसको १० मिनेटपछि मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गरेर अर्जेन्टिनालाई ४-० को अग्रता दिलाए ।

८१ औं मिनेटमा रोबर्टो गोल गर्दै अर्जेन्टिनालाई ५-० को अग्रता दिलाए । अर्जेन्टिनाले कोपा अमेरिकाको समूह चरणमा कोलोम्बिया, पाराग्वे र कतारको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको