निकारागुआमाथि अर्जेन्टिनाकाे शानदार जित

एजेन्सी, २५ जेठ । कोपा अमेरिकाको तयारीमा रहेको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले निकारागुआमाथि शानदार जित निकालेको छ ।

नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले निकारागुआलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

कप्तान लिओनेल मेसी र लौतारो मार्टिनेजले समान २/२ गोल गरे भने रोबर्टो परेराले एक गोल गरे । खेल शुरू भएको ३७ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । जिओभानी लो सेल्सोको पासमा गोग गरेका थिए । त्यसको एक मिनेट नबित्दै मेसीले अर्को गोल थपे । लो सेल्सोको पासमा अगुएरोले गरेको प्रहार गोलरक्षकले बचाएपनि फर्केर आएको बलमा मेसीले गोल गरेका थिए ।

पहिलो हाफमा २ गोलको अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा ३ गोल थपे भने निकारागुआ एक गोल फर्कायो । दोस्रो हाफमा मैदान छिरेको मार्टिनेजले ६३ औं मिनेटमा गोल गर्दै ३-० को अग्रता बनाए । त्यसको १० मिनेटपछि मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गरेर अर्जेन्टिनालाई ४-० को अग्रता दिलाए ।

८१ औं मिनेटमा रोबर्टो गोल गर्दै अर्जेन्टिनालाई ५-० को अग्रता दिलाए । अर्जेन्टिनाले कोपा अमेरिकाको समूह चरणमा कोलोम्बिया, पाराग्वे र कतारको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ