महिला विश्वकप फुटबलमा फ्रान्स विजयी

एजेन्सी, २५ जेठ । आठाैं संस्करणकाे फिफा महिला विश्वकप फुटबलमा घरेलु टोली फ्रान्सले विजयी सुरुवात गरेको छ ।

फ्रान्सको राजधानी पेरिसस्थित पार्क डे प्रिन्समा शुक्रबार राति भएको खेलमा फ्रान्सले दक्षिण कोरियामाथि ४–० को अन्तरले जित हासिल गरेको हो । फ्रान्सको जितमा विन्डी रिनार्डले २ तथा इग्यूनी ली सोमर र एमानडिनी हेनरीले समान एक/एक गोल गरे ।

आगामी सात जुलाईसम्म चल्ने विश्वकपमा २४ टिमको सहभागीता रहेको छ । विश्वकप अन्तर्गत आज राति ३ वटा खेल हुँदैछन् ।

जर्मनी र चीनबीच नेपाली समय अनुसार साँझ पौने सात बजे खेल हुनेछ । यस्तै पौने १० बजे स्पेन र दक्षिण अफ्रिका आमने सामने हुँदा राति पौने १ बजे नर्वे र नाइजेरियाले खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ