एजेन्सी, २४ जेठ । एकदिवशीय विश्वकप अन्तर्गत आज श्रीलंका र पाकिस्तान भिड्दैँ छ ।
शुक्रबार दिउँसो ३ बजेदेखि इंग्ल्याण्डको ब्रिस्टोल काउन्टी मैदानमा खेल सुरु हुनेछ ।
अफगानिस्तानविरुद्धको जितले सुरुआती खेलमा न्यूजिल्याण्डसँग ब्यहोरेको १० विकेटको हारबाट श्रीलंकाले राहत पाएको हो ।
पाकिस्तानले पछिल्लो ११ एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा पहिलो जित निकालेको हो । ब्रिस्टोलको मौसम अधिकांश समय बदली भइरहन्छ । यो खेल पनि वर्षाले प्रभावित पार्न सक्ने अनुमान गरिएको छ ।






