वातावरण दिवसमा ग्रामर स्कुलका विद्यार्थी : ‘कोही र्याली, कोही सरसफाईमा’

काठमाडौँ, २३ जेठ । यसवर्षको विश्व वातावरण दिवसमा राजधानीका विभिन्न विद्यालयले आफ्ना विद्यार्थीलाई सहभागी गराई वातावरणवारे जनचेतना फैलाउने खालका सन्देशसहितको र्यालीमा सहभागी गराएजस्तै कोटेश्वरस्थित ग्रामर पब्लिक स्कुलका विद्यार्थी पनि बुधबार र्याली र सरसफाईमा जुटे ।

विद्यालयको अतिरिक्त कृयाकलाप विभाग प्रमुख पासाङ्ग नामग्याल घिसिङ्ग र स्काउट गुरु शिवकुमार त्वायनाको नेतृत्वमा ग्रामरका विद्यार्थी सरसफाई र र्यालीमा जुटेका थिए ।

विभिन्न जनचेतनामूलक प्लेकार्ड, व्यानर र पर्चासहित कक्षा ६, ७ र ८ का विद्यार्थी तथा स्काउटहरु सम्मिलित र्याली विद्यालय हाता हुँदै कोटेश्वर सेतीओपी मार्ग, कोटेश्वर महादेवस्थान, बागमती किनार हुँदै विभिन्न ठाउँको परिक्रमा गरि विद्यालयमै आएर समापन भएको थियो ।

उता ग्रामरकै कक्षा ९ र १० का विद्यार्थी भने ग्रामर स्कुल हातादेखि कोटेश्वर महादेव मन्दीरलगायत विभिन्न ठाउँको सरसफाइ गर्दै फोहोर संकलन गरेर गाडीमा हाल्दै थिए ।

ग्रामरकै अरु विद्यार्थी भने वातावरण संरक्षणबारेको विभिन्न आयोजना बनाएर अन्य विद्यार्थी र शिक्षकमाझ प्रदर्शन गर्दै थिए । उनीहरुले वातावरणसम्वन्धी बनाएका आयोजनाहरु निकै नै आर्कषक थिए ।

“स्वच्छ वायु, स्वस्थ जीवन” भन्ने नाराका साथ मनाईएको यसपालीको विश्व वातावरण दिवसले विश्वव्यापी रुपमै वायु प्रदुषणबाट वातावरणमा पारेको असरलाई कम गर्दै वातावरण संरक्षणमा सहयोग पुरयाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ११ भदाै । रसुवामा बाढीले बगाएको जनजीवनको पीडा टाढा भक्तपुरसम्म पुग्दा त्यो एउटा सुइयोको घोचाइमा बदलियो । चाँगुनारायण नगरपालिकाको

काठमाडाैँ, ११ भदाै । रसुवास्थित भोटेकोशीमा आएको बाढीमा परेर मृत भएका व्यक्तिको कानको मुन्द्रा थुत्ने व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौँ, ११ भदौ । भाेटेकाेशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड

काठमाडौँ, ११ भदौ । नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवालाई