एजेन्सी, २३ जेठ । आईसीसी विश्वकप क्रिकेटमा अष्ट्रेलिया र वेष्ट इण्डिज भिड्दै छ
इंग्ल्यान्डको नटिङघममा नेपाली समयानुसार दिउँसो सवा ३ बजे हुने खेलमा दुई उपाधि दाबेदार राष्ट्र अष्ट्रेलिया र वेष्ट इण्डिजबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । वेष्ट इण्डिजले पाकिस्तानलाई ७ विकेटले हराएको थियो ।





