काठमाडौँ, २३ जेठ । पोर्चुगल युरोपियन नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
स्वीट्जरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल फाइनलमा पुगेको हो । खेलको २५ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै रोनाल्डोले टिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।
५७ औ मिनेटमा पेनाल्टीमा रिकार्डो रोड्रिग्वेजले स्विस टोलीका लागि गोल गरे । खेलको अन्तिम तीन मिनेटमा दुई गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरे । फाइनल खेल आइतबार पोर्तोमा हुनेछ ।





