आईसीसी विश्वकप क्रिकेटमा भारत विजयी

एजेन्सी, २३ जेठ । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

इंग्ल्याण्डमा बुधबार भएको खेलमा साउथह्याम्पटनमा दक्षिण अफ्रिकाले दिएको २२८ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले ४७ ओभर ३ बलमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो ।

भारतको जितमा ओपनर रोहित शर्माले अविजित १२२ रन बनाए । यस्तै, महेन्द्र सिंह धोनीले ३४, लोकेश राहुलले २६, कप्तान विराट कोहलीले १८, शिखर धवनले ८ र हार्दिक पाण्डयले अविजित १५ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले २, क्रिस मोरिस र एन्डिले फेहकुवलोले १/१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२७ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले सर्वाधिक ४२ रनको योगदान गरे । यस्तै कप्तान फाफ डु प्लेसिसले ३८, एण्डिले फेलुकवाओले ३४, डेभिड मिल्लरले ३१ तथा कागीसो राबडाले ३१ रन बनाए । भारतका युजभेन्द्र चाहलले ४, जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले २/२ तथा कुलदीप यादवले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको