फिफाको अध्यक्षमा इन्फान्टिनो निर्वाचित

काठमाडौँ, २२ जेठ । विश्व फुटबल महासंघ (फिफा)को आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः जियानी इन्फान्टिनो निर्वाचित भएका छन् ।

फ्रान्सको पेरिसमा भएको फिफाको वार्षिक साधारणसभाले इन्फान्टिनोलाई दोस्रो कार्यकालको लागि सर्वसम्मतले ४९ वर्षीय इन्फान्टिनोलाई निर्वाचित गरेको हो ।

सन् २०१५ मा भ्रष्टाचारको आरोपमा तत्कालिन अध्यक्ष सेप ब्लाटर निलम्बनमा परेपछि फिफाको अध्यक्षमा इन्फान्टिनो चुनिएका थिए । उनी फिफाको अध्यक्षमा निर्वाचित भएलगतै केही महत्वाकांक्षी योजना पेश गरेका थिए । सन् २०२६ देखि विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाएको छ ।

फिफा कंग्रेसमा नेपालको तर्फबाट भने अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य पेमा डोल्मा लामा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको