विश्वकप क्रिकेटमा श्रीलंकाको पहिलो जित

काठमाडौँ, २२  जेठ । मंगलबार भएको विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित हासिल गरेको छ ।

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानलाई डक वर्थ लेविसका आधारमा ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो ।

पानी परेपछि ४१ ओभरमा खेल छोट्याइएको थियो । १८७ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले ३२ ओभर ४ बलमा सबै विकेटको क्षतिमा १५२ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ४३, हजरतउल्लाह जजाईले ३०, कप्तान गुल्बादिन नाइबले २३, हशमतुल्ला शाहिदीले ४ र मोहम्मद नाबीले ११ रन बनाए ।

श्रीलंकाका लागि नुवान प्रदीपले ४, लाथिस मालिंगाले ३ तथा तिसेरा परेरा र इसुरु उडानाले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६ ओभर ५ बलमा अलआउट हुँदै २०१ रन बनाएको थियो । तर, वर्षाको कारण दुई पटक रोकिएपछि ४१ ओभरमा झारिएको खेलमा श्रीलंकाले डक वर्थ लेविसका आधारमा अफगानिस्तानलाई १७८ रनको नयाँ लक्ष्य दिएको हो ।

श्रीलंकाका लागि कुशल परेराले ७८, कप्तान दिमुथ करुणारत्नेले ३०, लाहिरु थिरिमानेले २५, इसरु उडाना १० र सुरंगा लकमलले अविजित १५ रन बनाए । अफगानिस्तानका मोहमद नाबीले ४, डलट जड्रान र राशिद खानले २/२ तथा तथा हमिद हसनले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको