इन्टरनेटको मूल्य २० प्रतिशत बढ्ने

काठमाडौँ, २१ जेठ । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले साउनदेखि इन्टरनेटको मूल्य २० प्रतिशत मूल्य बढाउने घोषणा गरेका छन् ।

गत वर्ष बढेको मूल्य घटाउने क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन नभएपछी इन्टरनेटको मुल्य बढाउनु परेको उनिहरुको गुनासो छ । त्यसबेला सञ्चारमन्त्री गोकुल बास्कोटाले कानून संशोधन गरेर इन्टरनेट सेवा प्रदायकलाई रहात दिने प्रतिवद्धता जनाएका थिए । तर, एक वर्षसम्म पनि प्रतिवद्धता कार्यान्वयन नभएको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले साउनदेखि २० प्रतिशत मूल्य बढाउने बताएका छन् । संघले बढाएको १३ प्रतिशत शुल्क र मूल्य समायोजन नगर्दा भएको घाटा ७ प्रतिशत जोडेर २० प्रतिशत बढाउने उनीहरुको दाबी छ ।

पाँच वर्ष अघिसम्म ५० डलरसम्म तिरेर ल्याउने गरेको इन्टरनेट ब्यान्डविथ अहिले ८ देखि १० डलर प्रतिएमबीपीएसरप्रतिमहिनामा झरेको छ । मूल्यमा ठूलो गिरावट हुँदा पनि नेपाली इन्टरनेट सेवा प्रदायकहरुले उपभोक्तालाई पुरानै मूल्य लिइरहेको सञ्चार मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी