काठमाडौँ, २१ जेठ । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंका र अफगानिस्तान भिड्दै छ ।
आज मंगलबार पाली समय अनुसार दिउँसो सवा ३ मा सुरु हुने खेलमा श्रीलंका र अफगानिस्तानबीच कार्डिफस्थित सोफिया गार्डेनमा प्रतिस्पर्धा हुनेछ ।
दुवैको यो दोस्रो खेल हो । पहिलो खेलमा श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने अफगानिस्तान अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो ।
श्रीलंका र अफगानिस्तान एकदिवशीय क्रिकेटमा अहिलेसम्म ३ पल्ट आमने सामने भएकोमा २ खेल श्रीलंका र १ खेल अफगानिस्तानले जितेको छ ।






