पाकिस्तानसँग इंग्ल्यान्ड १४ रनले पराजित

एजेन्सी, २१ जेठ । एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको छ ।

सोमबार दिँउसोबाट भएको खेलमा जितका लागि ३ सय ४९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३४ रन बनाउँदै हार व्योहर्न पुगेको हो ।

इंग्ल्यान्डका जो रुट र जस बटलर (विकेटकीपर)ले शतक प्रहार गरे तर उनीहरुको शतक इंग्ल्यान्डको जितका लागि काफी भएन । किस्तानले लगातार ११ खेलमा हारको क्रम अन्त्य गर्दै जित सुरु गरेको हो ।

टस जितेर फिल्डिंग राजेको इंग्ल्यान्डको ब्याटिंगमा अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न नसक्दा हार व्यहोरेको हो । जसका लागि रुटको वान डे करियरको १५ औं तथा जारी विश्वकपको पहिलो शतक १ सय ४ बलमा १० चौका र १ छक्कासहित १ सय ७ रनमा पुरा भयो ।

विकेटकीपर जस बटलरले शानदार शतक हानेका थिए । ७६ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै शतका हानेका उनी क्याच आउट भए । ओपनर जोसन रोय ८, मोइन अली १९ , क्रिस वोक्सलाई २१, जोनी वेयरस्टोलाई ३२ रनमा आउट भए ।

इंग्ल्यान्डको हारमा पाकिस्तानका वहाब रियाजले १० ओभरमा ८२ रन दिँदै ३ विकेट लिँदा दब खान र मोहम्मद आमिरले २/२ विकेट र मोहम्मद हफिज र सोएब मालिकले १/१ विकेट हात पारेका थिए ।

पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ४८ रन बनाउँन मोहम्मद हफिजले ६२ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ८४ रन बनाए । त्यस्तै बाबर आजमले ६६ बलमा ४ चौकार १ छक्का सहित ६३ रन बनाए । ३३ ओभरको पाँचौ बलमा मोइन अलीले क्रिस वोक्सबाट बाबर आजमलाई क्याच गराए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ