काठमाडौँ, २० जेठ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ दशमलव ८४ अंकले घटेर १ हजार २ सय ९२ दशमलव ८४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
यसदिन १ सय ७१ कम्पनीको २१ लाख ७६ हजार ३७० कित्ता शेयर खरिदबिक्री भई ६९ करोड ८७ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक २ दशमलव ६४ अंकले घटेर २ सय ७५ दशलमव ४८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यस दिन सबैभन्दा बढी कारोबार एनआईसि एसिया बैंकको भएको छ । जसको कारोबार ९ करोड ६ लाख ३ हजार रुपैयाँ बराबरको भएको छ । यस दिन सर्वाधिक कमाउनेमा ताराँगाँउ रेजेन्सी होटलको भएको छ । जसको शेयर मूल्यमा ७ दशमलव ५० प्रतिशतले बढेको छ ।





