युरोपियन च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

काठमाडौँ, १९ जेठ । युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ ।

गएराति भएको फाइनल खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धि टोटेनहमलाई आइतबार २–० ले हराउँदै लिभरपुल छैटौं पटक च्याम्पियन्स लिग विजेता बनेको हो ।

लिभरपुललाई च्याम्पियन बनाउनका लागि मोहम्मद सलाह र डिभोकओरिगीले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले खेल सुरु भएको दोस्रो मिनेटमै पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।

लगातार दोस्रो वर्ष लिभरपुलले च्याम्पियन्स लिग फाइनल खेलेको थियो । गत वर्ष टोली रियल म्याड्रिडसँग पराजित भएको थियो । टोटेनहमले पहिलो पटक च्याम्पियन्स लिग फाइनल खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको