युरोपियन च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

काठमाडौँ, १९ जेठ । युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ ।

गएराति भएको फाइनल खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धि टोटेनहमलाई आइतबार २–० ले हराउँदै लिभरपुल छैटौं पटक च्याम्पियन्स लिग विजेता बनेको हो ।

लिभरपुललाई च्याम्पियन बनाउनका लागि मोहम्मद सलाह र डिभोकओरिगीले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा लिभरपुलले खेल सुरु भएको दोस्रो मिनेटमै पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।

लगातार दोस्रो वर्ष लिभरपुलले च्याम्पियन्स लिग फाइनल खेलेको थियो । गत वर्ष टोली रियल म्याड्रिडसँग पराजित भएको थियो । टोटेनहमले पहिलो पटक च्याम्पियन्स लिग फाइनल खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने