प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत नेपाल पुलिस क्लबकाे लगातार तेस्राे जित

काठमाडौँ, १८ जेठ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार तेस्रो जित हासिल गर्दै सेमिफाइनल नजिक पुगेको छ ।

शनिबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल आर्मीलाई ५० रनले हराउँदै पुलिसले लगातार तेस्रो जित हात पार्यो । टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभर चार बलमा एक सय ६१ रनमा अलआउट भयो ।

खराब सुरुवात गरेको पुलिसले २४ रन बनाउँदा तीन विकेट गुमाएको थियो । उसका लागि आरिफ शेखले ३४ तथा दिपेन्द्रसिंह ऐरीले २९ रन बनाए । यस्तै दिलिप नाथले १४ रन अनिल शाहले १३ रन बनाए । अन्तिममा कप्तान मञ्जित श्रेष्ठले ३६ रन बनाए । बलिङ तर्फ आर्मीका साहव आलमले चार विकेट लिए भने करण केसीले २ विकेट लिए ।

जवाफमा आर्मी ४२ ओभर तीन बलमा मात्र एक सय ११ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले बलियो साझेदारी गर्न सकेनन् । प्रतियोगितामा पहिलो हार ब्यहोर्ने क्रममा आर्मीका ५ खेलाडीले दोहोरो अंक जोडे पनि टिमको हार बचाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने