प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत नेपाल पुलिस क्लबकाे लगातार तेस्राे जित

काठमाडौँ, १८ जेठ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार तेस्रो जित हासिल गर्दै सेमिफाइनल नजिक पुगेको छ ।

शनिबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल आर्मीलाई ५० रनले हराउँदै पुलिसले लगातार तेस्रो जित हात पार्यो । टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभर चार बलमा एक सय ६१ रनमा अलआउट भयो ।

खराब सुरुवात गरेको पुलिसले २४ रन बनाउँदा तीन विकेट गुमाएको थियो । उसका लागि आरिफ शेखले ३४ तथा दिपेन्द्रसिंह ऐरीले २९ रन बनाए । यस्तै दिलिप नाथले १४ रन अनिल शाहले १३ रन बनाए । अन्तिममा कप्तान मञ्जित श्रेष्ठले ३६ रन बनाए । बलिङ तर्फ आर्मीका साहव आलमले चार विकेट लिए भने करण केसीले २ विकेट लिए ।

जवाफमा आर्मी ४२ ओभर तीन बलमा मात्र एक सय ११ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले बलियो साझेदारी गर्न सकेनन् । प्रतियोगितामा पहिलो हार ब्यहोर्ने क्रममा आर्मीका ५ खेलाडीले दोहोरो अंक जोडे पनि टिमको हार बचाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको