विश्वकप क्रिकेटमा वेस्ट इन्डिजको विजयी सुरुवात

एजेन्सी, १८ जेठ । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको छ ।

शुक्रबार भएको पहिलो खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । पाकिस्तानले दिएको १०६ रनको लक्ष्य वेस्ट इन्डिजले १३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

वेस्ट इन्डिजका ओपनर क्रिस गेलले ५०, निकोलस पुरनले अविजित ३४, शिमरोन हिटमायरले अविजित ७ रन बनाए । पाकिस्तानका लागि मोहम्मद आमिरले ३ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले २१.४ ओभरमा अल आउट हुँदै १ सय ५ रन बनाएको थियो । पाकिस्तानका लागि फकर जमानले २२, बाबर आजमले २२, हरिस सोहिलले ८, सर्फराज अहमदले ८, मोहम्मद अफिजले १६, इमाद वासिमले १, हसन अलिले १ र वाहव रियाजले १८ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ३ कार्तिक । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घोडाघोडी, कैलारी र टीकापुरमा भएका

काठमाडौँ, ३ कार्तिक । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर मंगलबार सर्वसाधारणका लागि खुला गरिएको छ

काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा

काठमाडौँ, ३ कार्तिक ।  २०८३ साल कार्तिक ३ गते मंगलबार सन् २०२६ अक्टोबर २० तारिख । असोज शुक्ल पक्षको वडादसैँको