काठमाडौँ, १८ जेठ । आईसीसी विश्वकप क्रिकेटमा आज शनिबार दुई खेल हुदैछ ।
आज शनिबार हुने पहिलो खेलमा न्युजिल्याण्ड र श्रीलंका तथा दोस्रो खेलमा अफगानिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो खेलमा न्युजिल्याण्ड र श्रीलंका कार्डिफमा दिउँसो सवाँ ३ बजे मैदान उत्रनेछन् । आजै हुने दोस्रो खेलमा अष्ट्रेलिया र अफगानिस्तान भिड्नेछन् ।
विश्वकपको सबैभन्दा कान्छो टोली अफगानिस्तानले यो संस्करणको सुरुवात गर्दैछ ।






