काठमाडौँ, १६ जेठ । नेप्से सूचक ५.५८ अंकले बढेर १३१९.४७ विन्दुमा पुगेको छ ।
बजेट आएकै दोस्रो दिनको सुरुवातमा लगानीकर्ताहरुको उत्साह बढेको भए पनि समग्रमा बजार ०.४३ प्रतिशतले माथि मात्र माथि पुग्न सक्यो ।
१७४ कम्पनीको १ अर्ब ५२ करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । ४८ लाख ९४ हजार ६८१ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल ११ वटा समूहको सेयर कारोबार भएकामा ४ समूहका सूचक बढेका छन् ।
वाणिज्य बैंक समूहको सूचक १०.९५ अंकले माथि लागेको छ । कारोबार रकममा शिवम् सिमेन्ट्सले अग्रता कायम गरेको छ । यसको १७ करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
बिहीबार हिमालय ऊर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । जसको मूल्य ९.५९ प्रतिशतले बढेको हो ।






