विश्वकप क्रिकेटको उद्घाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

एजेन्सी, १६ जेठ । विश्वकप क्रिकेटका खेलहरु आजबाट शुरु हुँदैछन् । विश्वकप क्रिकेटको आज नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट लण्डनको किनिङटोन ओभलमा भब्य उद्घाटनसँगै इंग्लायन्ड र दक्षिण अफ्रिकाको खेल शुरु हुनेछ ।

आफ्नो पहिलो खेलमै घरेलु समर्थकका साथ जीतको लक्ष्यमा इंग्ल्यान्ड मैदानमा उत्रने तयारीमा छ । अहिलेसम्म इंग्ल्यान्डले तीन पटक फाइनल खेलेको छ । तर तीनै फाइनलमा अभागी सावित भएको छ ।

त्यस्तै, दुई पटक सेमिफाइनलबाट बाहिरिएको छ । इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ मा विश्वकपको फाइनलमा पुगेको थियो । यसपाली इंग्ल्यान्ड टिम बलियो छ ।

त्यस्तै दक्षिण अफ्रिकाको पनि ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्ष बलियो छ । यो पटकको विश्वकप उपाधिको दाबेदार टिममध्येकै एक दक्षिण अफ्रिका पनि हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ