विश्वकप क्रिकेटको उद्घाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

एजेन्सी, १६ जेठ । विश्वकप क्रिकेटका खेलहरु आजबाट शुरु हुँदैछन् । विश्वकप क्रिकेटको आज नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट लण्डनको किनिङटोन ओभलमा भब्य उद्घाटनसँगै इंग्लायन्ड र दक्षिण अफ्रिकाको खेल शुरु हुनेछ ।

आफ्नो पहिलो खेलमै घरेलु समर्थकका साथ जीतको लक्ष्यमा इंग्ल्यान्ड मैदानमा उत्रने तयारीमा छ । अहिलेसम्म इंग्ल्यान्डले तीन पटक फाइनल खेलेको छ । तर तीनै फाइनलमा अभागी सावित भएको छ ।

त्यस्तै, दुई पटक सेमिफाइनलबाट बाहिरिएको छ । इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ मा विश्वकपको फाइनलमा पुगेको थियो । यसपाली इंग्ल्यान्ड टिम बलियो छ ।

त्यस्तै दक्षिण अफ्रिकाको पनि ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्ष बलियो छ । यो पटकको विश्वकप उपाधिको दाबेदार टिममध्येकै एक दक्षिण अफ्रिका पनि हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बारा, २ कार्तिक । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ।  घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि

जनकपुर, २ कार्तिक । धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा सवारी साधन (बस)ले मोटरसाइकललाई ठक्कर दिँदा एक

काठमाडौँ, २ कार्तिक । काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान

काठमाडौँ, २ कार्तिक । गोकर्णेश्वरमा सडकमा मोटरसाइकल चिप्लिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर