हङ्गेरीमा डुङ्गा पल्टीयो : ७ ७ जनाको मृत्यु, १९ बेपत्ता

एजेन्सी, १६ जेठ । हङ्गेरीको राजधानी बुडापेस्टस्थित ड्यानुब नदीमा डुङ्गा पल्टिँदा ७ को मृत्यु भएको छ १९ जना बेपत्ता भएका छन् ।

स्थानीय समयानुसार बुधवार राति १० बजेतिर नदीको किनारमा बाँधेर अड्याइराखेको सो डुङ्गामा अर्को डुङ्गा आएर ठोक्किएपछि भएको दुर्घटनामा भएको बताइएको छ । डुङ्गामा ३३ जना सवार दुईतले डुङ्गा पल्टिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । दुर्घटनामा अधिकांस दक्षिण कोरियाबाट आएका पर्यटक बेपत्ता भएका हुन् ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले दुर्घटनामा आफ्ना १९ नागरिक हराइरहेको पुष्टि गरेको छ । खोजी कार्यमा न्याश्नल एम्बुलेन्स सर्भिस बुडापेस्टको मध्य भागबाट तल खटिएको तथा दक्षिणतिर ड्यानुब नदीमा अन्य डुङ्गाको आवागमनमा रोक लगाइएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ