शिक्षक अभाव टार्न शिक्षण स्वयंसेवक खटाइने, एक अर्ब ५० करोड बजेट

काठमाडौं, १६ जेठ । मुलुकभरका सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव टार्न सरकारले शिक्षण स्वयंसेवक खटाउने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले संसदमा आर्थिक वर्ष २०७६–०७७ को बजेट पेस गर्दै स्नातक र स्नातकोत्तर विद्यार्थीलाई शिक्षण स्वयंसेवकका रुपमा खटाइने जनाए ।

यसका लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । धेरै विद्यार्थी थोरै शिक्षक भएका विद्यालयमा यस्ता शिक्षक नियुक्त गरिने छ । शिक्षण सिकाइ सहयोग अनुदान कार्यक्रममार्फत शिक्षण स्वयंसेवक परिचालन गर्न लागिएको हो । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय

काठमाडौँ, ४ असोज । नुवाकोटका कार्यलयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डा अन्जु कार्कीका अनुसार बाढीबाट प्रभावित नुवाकोटका चार स्थानीय तह