चीनमा कोइला खानीमा ५ को मृत्यु एक घाइते

एजेंसी, १५ जेठ । चीनको हुनान प्रान्तको कोइला खानी दुर्घटना हुदा पाँच जनाको मृत्यु  भएको छ भने एक जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

लोङटान नगरको झिङलोङ कोइला खानीमा मङ्गलबार अपराह्न करिब ५ बजे उक्त दुर्घटना भएको थियो । घाइतेहरुलाई तत्कालै उद्धार गरी अस्पताल पुर्याइए पनि पाँच जनाको ज्यान गएको थियो । घाइते एक मजदूरको अस्पतालमा उपचार भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानमा खानीको सुरुङभित्र एकाएक फैलिएको विषालु ग्याँसका कारण मजदूरहरु सख्त घाइते भएको देखिएको छ । ग्याँसका कारण सुरुङभित्र अक्सिजनको अभाव भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ